विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ ले विशिष्टीकृत वा वैकल्पिक लगानीअन्तर्गत प्राइभेट इक्विटी, हेज फन्ड र भेन्चर क्यापिटल गरी तीन प्रकारको वैकल्पिक लगानी कोष सञ्चालन गर्न अनुमति दिन्छ । वैकल्पिक लगानीमा आकर्षण बढ्नुमा लगानीमा बढी लाभ हुनु र सरकारी वा नियामकीय नियमन कम हुनुलाई एक प्रमुख कारण मान्न सकिन्छ । वैकल्पिक लगानीमा न्यून नियमन हुन्छ । परम्परागत लगानीमा सरकार र नियामक निकायको उच्च नियमन हुन्छ र धेरै कुरा सार्वजनिक गर्नुपर्छ ।