जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् । २ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ र समाजवादी पार्टीबाट २९ सांसद निर्वाचित भएका थिए । पार्टी एकीकृतपछि बनेको जसपासँग ५४ सांसद थिए । सनाखत गरेकामध्ये १४ जना राजपाबाट निर्वाचित र १ जना समाजवादीबाट निर्वाचित सांसद रहेका छन् । समाजवादीबाट निर्वाचित भएका प्रह्लाद गिरी गोस्...

सम्बन्धित सामग्री

रौतहटमा मेयर सहित ८६ जनप्रतिनिधिद्वारा नयाँ दलमा सनाखत

रौतहटमा एक मेयर  एक उपमेयरसहित स्थानीय निकायका ८६ जना जनप्रतिनिधिहरुले  नयाँ दलमा सनाखत गरेका छन् । निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा दल सनाखत गर्न सुरु गरेका हुन् । बिहीबार  गौरनगरपालिकाका मात्रै जसपाका मेयर अजय कुमार गुप्तासहित ३६ जना जनप्रतिनिधि मध्ये ३२ जनाले जिल्ला निर्वाचन कार्यालय गौरमा पुगेर महन्थ ठाकुरको लोसपामा रहने गरि सनाखत गरेका छन् । बिहीबार कार्यालय समयसम्म जिल्लाभरका ५२ जना निर्

प्रदेश २ मा जसपाका ११ सांसदले लाेसपाको पक्षमा सनाखत गरे

धनुषा – प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) नेपालमा रहेका ११ प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।   लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाले ...

प्रदेश २ : जसपाका १० सांसद लोसपामा

जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलपछि बुधबार १० जना प्रदेश सांसदले उनको पार्टीका पक्षमा सनाखत गरेका हुन्।सनाखत गर्ने जसपाका सांसदमा परमेश्वर साह, जयनूल राईन, गौरीनारायण साह, सुरिताकुमारी साह, निलमदेवी भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्काकुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह छन्।निर्वाचन कार्यालय पुगेका प्र

नयाँ पार्टी दर्ताका लागि आज सनाखत

काठमाडौं, भदौ ९ । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज सनाखत गराउने भएको छ । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको हो । आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश […]

महन्थ ठाकुर जसपाका भिष्म पितामह हुन्, उनलाई सम्मान दिनुपर्छः रेशम चौधरी

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले महन्थ ठाकुर जसपाका भिष्म पितामह भएको बताएका छन्। जसपा विवादमा सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका चौधरीले आयोगबाट बाहिरिने क्रममा नेता ठाकुरलाई भिष्म पितामहसँग तुलना गरेर आफ्ना लागि उनी श्रेद्धय र आदरणीय रहेको बताए। आज आयोगबाट आधिकारिकता पाउने पक्षले पनि ठाकुरको निष्ठालाई सम्मान गर्नुपर्नेमा जोड दिए। महाभारतमा पाण्डवले […]

पक्ष–विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएनः रेशम चौधरी

हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए । आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको स

सुदूरपश्चिममा जसपाका दुई सांसद, को कता?

धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हा

निर्वाचन आयोग पुगे जसपाका नेताहरु, सनाखत प्रक्रिया जारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुहरुले आ–आफ्नो पक्षमा सनाखत गरिरहेका छन्। आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेडकाउन्टमार्फत जसपाको विवाद टुंग्याउन लागेको हो। हाल आयोगमा दुवै पक्षको सनाखतका लागि छुट्टाछट्टै ठाउँको व्यवस्था गरिएको छ। नेताहरुको आ–आफ्नो पक्षमा सनाखत गर्ने क्रम अहिले जारी छ।

निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने

काठमाडौं। निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने भएको छ। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य चौधरीलाई सनाखत गर्न आयोगका पदाधिकारी केन्द्रिय कारागार डिल्लीबजार नै पुग्ने भएका हुन्। आयोगका पदाधिकारी पूर्वराजपाबाट निर्वाचित सांसदसमेत रहेका चौधरीको सनाखतका लागि सोमबार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए।टिकापुर घटनाका कारण निलम्बनमा रहेका चौधरीले जसपाका महन्थ ठाकुर,उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन्।

रेशम चौधरीलाई सनाखत गर्न कारागार जाँदै  निर्वाचन आयोग, कता लाग्लान् ?

पूर्व राजपाबाट निर्वाचित भएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार नै पुग्ने भएका छन् ।  आयोगका पदाधिकारी उनको सनाखतका लागि सोमवार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।  श्रेष्ठका अनुसार, आयोगका कर्मचारीले कारागारमै पुगेर उनको सनाखत गर्नेछन् । चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । टिकापुर घटनाका कारण निलम्बनमा रहेका उनले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन् । उनले यी ३ विकल्पमध्ये कुनै एक विक...