रौतहटमा एक मेयर एक उपमेयरसहित स्थानीय निकायका ८६ जना जनप्रतिनिधिहरुले नयाँ दलमा सनाखत गरेका छन् । निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा दल सनाखत गर्न सुरु गरेका हुन् । बिहीबार गौरनगरपालिकाका मात्रै जसपाका मेयर अजय कुमार गुप्तासहित ३६ जना जनप्रतिनिधि मध्ये ३२ जनाले जिल्ला निर्वाचन कार्यालय गौरमा पुगेर महन्थ ठाकुरको लोसपामा रहने गरि सनाखत गरेका छन् । बिहीबार कार्यालय समयसम्म जिल्लाभरका ५२ जना निर्