जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलपछि बुधबार १० जना प्रदेश सांसदले उनको पार्टीका पक्षमा सनाखत गरेका हुन्।सनाखत गर्ने जसपाका सांसदमा परमेश्वर साह, जयनूल राईन, गौरीनारायण साह, सुरिताकुमारी साह, निलमदेवी भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्काकुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह छन्।निर्वाचन कार्यालय पुगेका प्र