चुडामणि शर्मासहित तीन जनासँग विशेष अदालतले माग्यो जनही ५० लाख धरौटी

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सोमबार शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । विशेष अदालतबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ, ‘प्रतिवादीउपर लिइएको आरोप दाबी एवं यस अदालतबाट मिति २०७४-८-१५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउ...

सम्बन्धित सामग्री

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ। बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अब यस मुद्दाको अर्को सुनवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ । मुख्यमन्त्री केजरीवाललाई […]

भारतको सर्वोच्च अदालतले भन्यो : ‘नोटबन्दी सही छ’

एजेन्सी । भारतको सर्वोच्च अदालतले आज भारत सरकारले सन् २०१६ मा गरेको पाँच सय र एक हजारको रुपैयाँमा गरेको नोटबन्दीबारे फैसला गरेको छ। अदालतले भारतको केन्द्र सरकारले सन् २०१६ मा गरेको नोटबन्दीको फैसलालाई सही ठहर गरेको छ। अदालतले भनेको छ, ‘नोटबन्दी भन्दा अगाडि केन्द्र सरकार र आरबीआईको बीचमा सल्लाह भएको थियो। नोटबन्दीको फैसला लिने समय […]

थाइल्यान्डका प्रधानमन्त्रीलाई अदालतले गर्‍यो पदमुक्त

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरूले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।

पाकिस्तानको अदालतले उल्ट्यायो संसद विघटन

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । अदालतले संसद विघटन गर्ने कदम गैरकानूनी भएको फैसला बिहिबार साँझ त्यहाँको अखबार डनले जनाएकाे छ । सर्वोच्चले पुनस्र्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ । सर्वोच्चले अविश्वास […]

उच्च अदालतले उल्ट्याइदियो जिल्ला अदालतका बलात्कारसम्बन्धी दुई फैसला

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको […]

उच्च अदालतले उल्ट्यायो बलात्कारका दुई मुद्दा

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार १५ गते प्रतिवादीलाई सफाइ दिएको थियो । तर उच्

अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत

मुम्बई(दैनिक जागरण)– क्रुज ड्रग्स पार्टीमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनलाई अदालतले पुनः अस्वीकार गरेको छ । सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो । आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो । तर अदालतले […]

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलवार जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन्। ‘पहिलोपटक पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतले पुनर्स्थापना गराएकोले अदालतप्रति विश्वास थियो,…

अदालतले कानूनी कुरा गर्ने हो, राजनीति होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले कानूनी कुरा मात्र गर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिलाई सही ढंगले चल्न नदिँदा समस्या देखिएको बताए। उनले राजनीति विषयलाई राजनीति तवरणबाट भन्दा पनि अन्तै लगेर टुंगो लगाउन खोजिएको बताए। “प्रधानमन्त्री छान्ने ठाउँ, राजनीतिक विषयहरुमा फैसला अदालतमा खोजिएको छ। अदालतले त संविधान र कानूनको कुरा गर्ने हो। राजनीतिक होइन”, उनले भने।

“अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन”

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन्। उनले सर्वोच्च अदालतलाई लेखेको पत्रमा भनेका छन्, “अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, आफैंले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन। यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिया हो।” २०१९ को संविधान वा २०६३ सालको संविधानमाजस्तो प्रधानमन्त्रीलाई निर्वाचन गर्ने व्यवस्था विद्यमान संविधानमा नराखिएको उनले स्पष्ट पारेका छन्।