दलितका लागि दलित अभियानका संयोजक सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित

काठमाडौं । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समयदेखि दलित समुदायको हितमा क्रियाशील सुनार ‘नेसनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८०’ बाट सम्मानित भएका हुन । अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा आवाज उठाएको, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गरेको, […]

सम्बन्धित सामग्री

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

दलित समुदायका थरलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सिफारिस

काठमाडौं : राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका थरहरूलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सरकारसमक्ष सिफारिस गरेको छ।राष्ट्रिय दलित आयोगले पहाडी र मधेशी दलित र गैरदलित समुदायले प्रयोग गर्दै आएका जात/थरको सूचीकरण विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।आयोगले थर सूचीकरण सँगसँगै दलित समुदायको जात/थर प्रयोग गरी सम्बन्धित निकायमा दलित भएको विवरण पेश गर्दा थप प्रमाण र थप सिफारिस आवश्यक नगर्न सरकारलाई सिफारिस समेत गरेको छ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष

स्थानीय तहका दलित जनप्रतिनिधिको राष्ट्रिय भेला जेठमा हुने

१३ वैशाख, काठमाडौं । तेस्रो राष्ट्रिय दलित सम्मेलनले जेठ २१ र २२ गते देशभरका स्थानीय जनप्रतिनिधिहरुको काठमाडौंमा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ७–९ गते काठमाडौंमा ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनले प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । सम्मेलनबाट दलित सरोकारका दुई महत्वपूर्ण […]

आत्मसम्मानको खोजी गर्दै काठमाडौंमा तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू

८ वैशाख, काठमाडौं । ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी नेता दलजित श्रीपाईली २१औ शताब्दीमा आइपुग्दासम्म पनि दलितले भने मौलिक हक अन्तर्गत रहेको सम्मानपूर्वक बाँच्न पाउने हकको लागि आन्दोलन गर्नुपर्ने, लड्नुपर्ने विडम्बना रहेको बताए । उनले भने, […]

दलित आयोगमा बस्नै चाहन्नन् कर्मचारी

दलित समुदायको सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय दलित आयोगमा माथिल्लो तहका कर्मचारीहरू सकेसम्म बस्नै मान्दैनन्।...

छुटेका थर सङ्कलन गर्दै राष्ट्रिय दलित आयोग

३ साउन, परासी । राष्ट्रिय दलित आयोगले आगामी भदौ भित्रमा छुटेका थर सूचीकरणको प्रक्रिया टुङ्ग्याउने भएको छ । सूचीकरण टुङ्ग्याउने प्रक्रियामा रहेको आयोगले अहिले तराई मधेसका दलित समुदायका छुटेका थर सङ्कलन गरिरहेको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले तराई मधेसमा बसोबास गर्ने दलित समुदायका धेरै थर सूचीकरणमा छुटेको पाइएकाले जिल्ला जिल्लामा पुगेर स्थानीय सरोकार पक्षसँग […]

राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित

दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द

दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने

बुटवल – लामो समयदेखि रोकिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ। नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मिन बिश्वकर्माले चैत ७ देखि रुपन्देहीमा महाधिवेशन हुने बताए । रुपन्देहीमा भेलाको आयोजना गरि महाधिवेशन तयारी समितिहरु गठन गरिएको छ । तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कंग्रेस केन्द्रीय सदस्य एबम दलित दलित […]

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । आगामी २७–२९ कात्तिकसम्म हुने सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गर्ने मोर्चाले जनाएको छ । सम्मेलनमा...

राष्ट्रिय दलित पत्रकार संघले भेट्यो राष्ट्रियसभाका अध्यक्षलाई

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रतिनिधि मण्डलले सङ्घीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आम पाठक\स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उहाँसँग भेटवार्ता गरेको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमलाई समावेशी बनाउन पहल सङ्घले आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीति–निर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिनुभयो । मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सङ्घका अध्यक्ष पहाडीले सरकारी सञ्चार माध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आमसञ्चार माध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चार माध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गर्नुभयो । देशभर विभिन्न सञ्चार माध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घमा देशभरका दुई हजारबन्दा बढी दलित समुदायका पत्रकार आबद्ध छन् । सङ्घको हालसम्म ६० जिल्ला शाखा, सात प्रदेश र काठमाडौँ उपत्यका समिति छन् ।