दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द