काठमाडौं : राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका थरहरूलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सरकारसमक्ष सिफारिस गरेको छ।राष्ट्रिय दलित आयोगले पहाडी र मधेशी दलित र गैरदलित समुदायले प्रयोग गर्दै आएका जात/थरको सूचीकरण विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।आयोगले थर सूचीकरण सँगसँगै दलित समुदायको जात/थर प्रयोग गरी सम्बन्धित निकायमा दलित भएको विवरण पेश गर्दा थप प्रमाण र थप सिफारिस आवश्यक नगर्न सरकारलाई सिफारिस समेत गरेको छ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष