रौतहट : रौतहटका ८ जना बालकलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।जिल्लाको दुर्गाभगवती गाउँपालिका, ईशानाथ र राजपुर लगायतका पालिकामा घर भई लामो समयदेखि भारतको मुम्बईस्थित बालगृहमा रहेका ८ जना बालकलाई उद्धार गरी शनिवार परिवारको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन्।चार महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिकालाई राखिएको थियो।विभिन्न बहानामा भारतको मुम्बई पुगेका ती ब