जोखिमपूर्ण रुपमा रुपन्देही नाका हुँदै भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरी नेपालगञ्ज ल्याइएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका …