आज (शुक्रबार) नेपाली श्रमिकहरूको गन्तव्य मुलुकका मुद्राको विनियमदर बढेको छ । खाडी क्षेत्रका मुलुकबाट प्राप्त मुद्रा साट्दा हिजोभन्दा आज धेरै रकम पाइनेछ । हिजो साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको थियो । आज सो मुद्राको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिटको