राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कास्कीमा क्रियाशील पाँच राजनीतिक दलले निन्दा गरेका छन् । नेपाली काँग्रेस पोखरा महानगर सह सभापति राजेन्द्रमणि लामिछाने, नेकपा (माओवादी केन्द्र) पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने, नेकपा (एमाले) पोखरा महानगर अध्यक्ष मुक्तिनाथ पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष टिकाराम पौडेल र राष्ट्रिय जनमोर्चा पोखरा महानगर अध्यक्ष विष्णु पुरीले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी उक्त कार्यको निन्दा गरेका हुन् । प्रधानमन्त्री