पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विशेष नीतिसहितको गुरुयोजना लागू गर्न सरकार समक्ष माग गरेका छन् । होटल सङ्घ, पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत १४ भन्दाबढी संस्थाले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी पर्यटनक्षेत्र पुनः सञ्चालन र पुनरुत्थानका लागि आवश्यक कार्यक्रमका लागि सरकारको आर्थिक स्वेतपत्रमा घोषण गरिनुपर्ने माग गरेका हुन् ।
व्यवस...