सहमहामन्त्री थप्‍ने तयारीमा देउवा, रामचन्द्रको असहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी गरिएको छ । भोलिबाट सुरू हुन लागेको १४औँ महाधिवेशनमा नेताहरूको व्यवस्थापन हेरेर प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुला सहमहामन्त्री थप्ने तयारी गरेका हुन् । अहिले कांग्रेसमा ८ जना सहमहामन्त्री छ । खुला २ जना सहमहामन्त्री थपेर १० बनाउन लागिएको हो । १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको […]

सम्बन्धित सामग्री

मकवानपुर–१ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना चुनाव लड्ने

काठमाडौं । सत्तागठबन्धनमा मकवानपुर जिल्लाका दुई क्षेत्र नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई एक–एक परेका छन् । कांग्रेसका तर्फबाट क्षेत्र नम्बर–१ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले टिकट पाएकी छन् ।  उनी संसदीय बोर्डको बैठकमा देशभरको टिकट वितरण सकेर ७ बजे उमेदवारी दर्ताका लागि निस्कने तयारीमा छन् ।  क्षेत्रनम्बर–२ मा भने नेकपा एसका...

कांग्रेस सहमहामन्त्रीले बुझाए क्लस्टरअनुसार उम्मेदवारको सूची

नेपाली कांग्रेस समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बनाउने अन्तिम तयारीमा छ । कांग्रेसका ८ जना सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर प्रतिवेदन बुझाएका हुन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सहमहामन्त्रीहरुले समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभाका लागि सिफारिस भएकाहरुको नाम छुट्याएर बुझाएका छन् ।सहमहामन्त्री बद्री पाण्डले भने, 'हामीले क्लस्टरको अलग अलग सूची बनाएका थियौं ।

काँग्रेस सहमहामन्त्री पदको मतगणना जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले भने, ‘चार वटा क्लष्टरको मतपेटिका खोलिसक्यौँ । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौँ ।’ कांग्रेसका […]

कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]

गाउँ देखि जिल्लासम्म निर्वाचनको तयारीमा लाग्नुपर्छः काँग्रेस सहमहामन्त्री थापा

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले अब गाउँ देखि जिल्लामा सक्रिय भई निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । आज पार्टीको १४औं महाधिवेशनमा बोल्दै सबै एकजुट र सक्रिय भई निर्वाचनमा विजय हासिल गर्नु मूल्य लक्ष्य र उद्देश्य रहेको बताए । ‘काठमाडौंबाट फर्किए लगत्तै आफ्नो वडा, गाउँ, क्षेत्र र जिल्लामा हामी अत्यन्तै सक्रिय भई […]

महाधिवेशनबाट फर्केर निर्वाचनको तयारीमा लाग्न सुनिल थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै थापाले संवैधानिक र संसदीय मूल्य मान्यतालाइ स्थापित गराउन कांग्रेसको नेतृत्व आवश्यक रहेकाले बहुमतको आवश्यकता रहेको उनले बताए । उनले भने — यो महाधिवेशनपछि हामी लगत्तै तीनै तहको […]

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्ने तयारी गरेको छ । आज बस्ने बर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने नेताहरुले बताएका छन् । उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको स्रोतले बताएको छ ।...

मेरो उमेदवारी महामन्त्रीमा हो : सहमहामन्त्री महत

ताप्लेजु: नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने बताएका छन् । नेपाल पत्रकार महासंघको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उमेदवार भएको दावी गरेका छन् ।उनले भने, ‘म महामन्त्रीका लागि तयारीमा छु । देउवा प्यानलबाट उमेदवार मै हुँ ।’ काग्रेसका अधिवेशन हुन बाँकी जिल्लामा अधिवेशन […]

देउवाले गरे आफू पक्षीय नेतासँग छलफल, महाधिवेशनको तयारीमा जुट्न निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।