प्रहरीलाई फिल्ममा नकारात्मक रुपमा चित्रण नगर्न प्रवक्ता राईको आग्रह

काठमाडौं । नेपाल प्रहरीले फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा चित्रण नगर्न आग्रह गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्रियामा प्रहरी प्रवक्ता टेकप्रसाद राईले यस्तो आग्रह गरेका हुन् । नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुन सक्ने चिन्ता उनले व्यक्त गरे । प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी […]

सम्बन्धित सामग्री

टिकटकमा राखिएका असामाजिक सामग्री स्वत: हट्ने

गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गर्दै गलत प्रयोग गरे कारबाही गर्ने जनाएको छ । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने कार्य नगर्न अनुरोध गरेको छ । …

गगनको आग्रहः हिजोको चुनावबारे अनुमानका भरमा टिप्पणी नगरौँ

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले बुधबार भएको संसदीय दलको चुनावलाई स्वभाविक रुपमा लिन आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका थापाले चुनावी परिणामलाई स्वभाविक रुपमा लिँदै पार्टी निर्माणमा जुट्न आह्वान गरेका छन्। संसदीय दलको नेता देउवाले ६४ मत पाउँदा थापाले २५ मत पाएका थिए। उनले परिणामप्रति नकारात्मक र अनुमानका भरमा टिप्पणी नगर्न […]

कलेक्टिभरुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्रयाउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।“मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउदै लगानी विस्तारका लागि तपाईहलाई यो उपयुक्त अवसर होे । प्रत्यक मुलुकको वा शहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,” उनले भने ।उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए । “नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईहरुसँगै हुनेछौ । यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,” उनले भने । उनले नेपालको अर्थतन्त्रका केही सुचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए । “नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौ । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौ,” उनले भने ।आईपीओमा गैर आवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने बताउँदै उनले नेपालमा गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरे । उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवसीय नेपालीहरुलाई आग्रह समेत गरे ।

विद्युत आयोजनाको अवरोध हटाईदिन मुख्यमन्त्रीलाई कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरुमा सञ्चालित विद्युत प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ। प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव रविलाल पन्थसँग शनिबार पोखरामा छलफल गरी त्यस प्रदेशमा सञ्चालित विद्युतका आयोजनाको जानकारी गराएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रसारण र वितरणतर्फका आयोजना, आयोजना निर्माणमा देखिएकासमस्या, विभिन्न ठाउँहरुमा भइरहेको अवरोध, प्रदेशको पूर्ण विद्युतीकरणको प्रगतिलगायतका विषयमा जानकारी गराएका थिए ।मुख्यमन्त्री नेपालीले जलविद्युत उत्पादनको ठूलो सम्भावना बोकेको गण्डकी प्रदेशमा विद्युत प्रसारण  र वितरण सञ्चाल विस्तार गर्न निर्माणाधीन र प्रस्तावित आयोजनाको कामलाई द्रुत गतिमा आगाडि बढाउन आग्रह गरे ।‘यस प्रदेशका केही जिल्लामा अझै पनि पूर्ण विद्युतीकरण भएको छैन, विद्युत आपूर्तिमा भोल्टेजको समस्या छ, यसलाई सुधार गरी पर्याप्त तथा भरपर्दो विद्युत आपूर्तिका लागि काम अगाडि बढाउनुहोस् यसमा आवश्यक सहयोग र सहजीकरण गर्न सधैं तयार छौं ।’ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्यले विद्युतका आयोजनाहरुरुले स्थानीय रुपमा बेहोरिरहेका समस्याहरु समाधान गर्न फिल्डमै खटिएर निरन्तर पहल गरिएको बताए ।गण्डकी प्रदेशमा पर्ने विभिन्न जिल्लाहरुमा निर्माणाधीन कालीगण्डकी करिडोर २२० केभी, भरतपुर–बर्दघाट २२० केभी, मस्र्याङ्दी करिडोर २२० केभी, नयाँ मोदी– लेखनाथ १३२ केभी प्रसारण लाइन लगायतका आयोजनामा स्थानीय बासिन्दाको अवरोध छ ।  पोखराको बिरौटामा सबस्टेसन निर्माणमा स्थानीयको अवरोधपोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्रस्तावित सबस्टेसनको काम अगाडि बढाउन स्थानीयले ३÷४ वर्षदेखि अवरोध गरिरहेका छन् ।१३२÷११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि बढाउन सकिएन भने अहिलेको क्षमताले नधानेर पोखरामा वाध्यात्मक लोडसेडिङ गर्नु पर्ने अवस्था आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्य र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह गरे।‘सबस्टेसन निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग सहयोग गर्न तयार छ, तर स्थानीयको अवरोधका कारण प्रारम्भिक वातावरणीय परीक्षण गर्न सकिरहेका छौं, यसले गर्दा सहायत सम्झौतासमेत हुन सकेको छैन, सबस्टेसन निर्माणबाट स्थानीयले भनेजस्तो कुनै नकारात्मक असर पर्दैन’, उनले भने।महानगरपालिका प्रमुख आचार्यले सबस्टेसन निर्माण र विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न पोखरामा सञ्चालित आयोजनाको कार्यान्वयनमा सक्दो सहयोग र आवश्यक सहजीकरण गर्ने बताए ।प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले ...

व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन् ।    अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक ...

मोदी भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न मुख्यमन्त्री पोख्रेलको आग्रह

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन्।   प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार ...

मोदीको भ्रमणका विषयमा नकारात्मक टिप्पणी नगर्न आग्रह - Naya Patrika

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा...पूरा पढ्नुहोस् »