सहकारीमा देखिएको समस्याबारे महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो । ‘यहाँ सहकारीको उद्देश्यअनुरूप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी संस्था बलियो हुनुपर्छ ।’ सरकारीको मर्म र भावनाअनुसार सहकारी सञ्चालन नभएकै कारण समस्या देखिएको मेयर कोइरालाले बताए । अब कोरोना र आर्थिक मन्दीको समस्या देखाएर सहकारीहरू उम्किन नपाउने चेतावनी उनले दिए । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् । स्थापना भएको ३ महीनासम्म ऋण प्रवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या आएको दाबी उनले गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा इमानदारी जरुरी रहेको औंल्याए । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभएको उनको भनाइ थियो । महानगरले सञ्चालन गरेको कर संकलन अभियानमा साथ दिन सहकारीकर्मीलाई उनले आग्रह गरे । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकतामा राख्न सुझाव दिए । सहकारीले रोजगारी सृजना र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो उनीहरूको थियो ।

सम्बन्धित सामग्री

एक वर्षमा विराटनगर महानगरको आवरण फेरियो, अवस्था उस्तै

१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रशासनिक भवनको बाहिरी भाग रंगरोगन गरिएको छ । झट्ट हेर्दा महानगरको स्वरुप फेरिए जस्तो देखिन्छ । तर, कार्यालयभित्रको अवस्था भने उस्तै छ । नयाँ जनप्रतिनिधिको एक वर्षको अवस्था पनि महानगरको प्रशासनिक भवन जस्तै छ । आवरणमा नयाँ परिवर्तन देखिए पनि अवस्था भने पुरानै छ । महानगर नेतृत्वसँगको असन्तुष्टि र […]

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर

काठमाडौं : काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन्।काठमाडौंको अनामनगर क्षेत्रमा आइतबार निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन्।निजी निवासअगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमतिविपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए।स्थानीयले महानगरले निजी सम्पत्तिको प्

बसन्तपुर प्लाजामा पुग्यो महानगरको टोली

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो । महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी […]

पोखरा महानगरको मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि राखिएको महानगरको मतगणना पुनः सुरु भएको हो । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मतभन्दा कम भएपछि एमालेले अवरोध गरेको थियो । यस वडामा एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ मत कम रहेको जनाइएको छ । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य नि

भोलिदेखि काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने

काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात  ठाउँबाट हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको बताए ।आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । तर मतगणना सुस्त भएको जनगुनासो आइरहेको छ । यद्यपि मुख्य

६ मध्ये ५ महानगरको मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो । पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्य

चिरिबाबुले ललितपुर महानगरको समस्याबारे कहिल्यै छलफल गरेनन् : हरिकृष्ण ब्यञ्जनकार

ललितपुर : नेकपा एमालेबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले चिरिबाबु महर्जनले कहिलै महानगरको समस्याबारे छलफल नगरेको आरोप लगाएका छन्। आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरमा धेरै समस्या भएको तर निवर्तमान महानगर प्रमुख महर्जन महानगरको समस्या सुल्झाउन असफल भएको बताएका हुन्।    ‘महानगरको समस्याका बारेमा महानगर प्रमुखले कहिले मिटिङ…

एमाले काठमाडौं महानगरको प्रतिबद्धतापत्र तीन भाषामा

नेकपा (एमाले)ले काठमाडौं महानगरको चुनावी प्रतिबद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। एमाले महानगर कमिटीले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी...

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान शुरु भएको हो। शनिबार नै मतदान गर्ने भनिएपनि...

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।