आन्तरिक आय बढाउँदै महानगर

भरतपुर महानगरले सबै प्रकारका कर तथा राजस्व नजिकका वडाबाटै तिर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सम्पत्ति, मनोरञ्जन, बहाल, विज्ञापन कर, दण्ड जरिवाना बाहेकका कर वडा तहबाटै तिर्न मिल्ने व्यवस्था छ । महानगरले वडा तहबाटै कर तथा राजस्व तिर्न मिल्ने गरी कर संकलन केन्द्र विस्तार गर्ने अभियानमा लागेको छ ।