बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्ध बारको धर्ना १००औँ दिनमा

न त प्रधानन्यायाधीश जबराले राजीनामा दिए, न त बारको आन्दोलन नै रोकियो   संवैधानिक अंगहरू बेवारिसे संवैधानिक इजलास महिनौँदेखि ठप्प प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको एक सय दिन पुगेको...

प्रधानन्यायाधीश विरुद्ध सोमबार पनि उदयपुर बारको धर्ना

केन्द्रमा संबादद्वारा समस्या समाधान गर्ने भन्दै वार्ताको आव्हान गरिरहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराविरुद्ध आन्दोलन जारी राखेको नेपाल बार एसोसिएसनलाई समर्थन गर्दै उदयपुर बारले भने सोमबार पनि धर्ना कायम राखेको छ।...

बारको धर्ना सकियो, सर्वाेच्च छिर्ने सेवाग्राहीको लाइन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए । कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ […] The post बारको धर्ना सकियो, सर्वाेच्च छिर्ने सेवाग्राहीको लाइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बारको धर्ना सकिएपछि सर्वोच्च छिर्न सेवाग्राहीको ताँती (तस्बिरहरु)

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ। बारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वाेच्च अदालत प्रवेश पाएका छन् । सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको थियो। प्रधानन्यायाधीश राणालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश राणा अर्कै गेट प्रयोग गरी […]

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

२६ कात्तिक, काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर […]

धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन्।  कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन्।यस्तै कानुन व्यवसायीहरुले मुल  गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन्।उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन्।  मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन्।

दोस्रो दिन पनि बारको धर्ना निरन्तर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले दोस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।  धर्नामा सयौंको संख्यामा कानुन व्यवसायीहरु...

हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमै बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । जबराले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा धर्ना दिएको हो । बारको घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत नै उभिएरै धर्ना दिइएको नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले लोकान्तरलाई जानकारी दिए । हातमा कालोपट्टी र कालै ब्यानर लिएर वकिलहरूले धर्ना दिएका हुन् । बारले आगामी बुधबा...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले धर्ना दिने

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । नेपाल बारको केन्द्रीय कार्यसमितिको आज (शुक्रबार) बसेको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न […]

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा

नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक  १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलन