चौतारा, १७ भदौ । व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे […]