शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी […]

सम्बन्धित सामग्री

गण्डकीलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पुर्याउँछौँ : शिक्षामन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई अग्रस्थानमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  मन्त्रीमा आजमात्र नियुक्त भएका श्रेष्ठले पदभार ग्रहण गर्दै प्रदेशलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले शिक्षालाई सरल र प्रभावकारी बनाउनका लागि कार्यविधि बनाएर अगाडी बढ्ने सोचाइ बनाएको बताए ।असल नागरिक तयार गर्नका लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक

शिक्षामन्त्री श्रेष्ठ किन प्रधानलाई छुटाउन प्रहरीकोमा पुगे

काठमाडौं, ९ असार । रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै पुगे । उनको रहोवरमा प्रधानलाई आज छाडिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा मन्त्री श्रेष्ठ पुगेपछि रहोबरमा छाडिएको थियो । दलित भएकै कारण कोठा नदिएको उजुरी रुपाले दिएपछि प्रधान पक्राउ परेकी थिइन् । […]

एसईई परीक्षा भौतिक रुपमै हुने सम्भावना अत्यन्त न्यून : शिक्षामन्त्री श्रेष्ठ

न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनुभएको छ । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको […]

रहरले शिक्षण संस्था बन्द गरेका होइनौं- शिक्षामन्त्री श्रेष्ठ

चितवन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन चितवन आएका मन्त्री श्रेष्ठले पढाइ निरन्तर गर्न भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको बताए। एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको उनले बताए। रासस

‘शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता छ’ : शिक्षामन्त्री श्रेष्ठ

पुष्कर बुढाथोकी, भक्तपुर । शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । आज सानोठिमीस्थित शिक्षक सेवा आयोगको स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजका सबै क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकाले यसको सुधार आवश्यक रहेको बताउनुभयो । शैक्षिक क्षेत्ररुपी मुहान शुद्घ भए समाजका सबै क्षेत्र […]