काठमाडौं । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । क्यान्सर फैलिएसँगै स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । ८२ वर्षीय पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत छन् । पेलेकी छोरीले सामाजिक सञ्जालमा पेलेले क्रिसमस अस्पतालमै मनाउने जानकारी दिएकी छिन् । ‘हाम्रो क्रिसमस घरबाट सरेको छ, उनले इन्स्टाग्राममा लेखेकी छिन् । […]