सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ। कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्।