पश्चिम रुकुमस्थित आठबीसकोट नगरपालिकाले २ महिनाको अवधिमा झन्डै १७ लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले आव ०७४/७५ सुरु भएयता गत साउन र भदौमा मात्रै १६ लाख ६१ हजार २ सय ७५ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको हो ।
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड १७ लाखभन्दा बढी छ ।
सो अवधिमा कम्पनीले रू. ६ करोड ७४ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने २५ दशमलव ७५ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. ९ करोड ९ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा प्रभावित भएको छ । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.७४ लाख ३९ हजार रहेकोमा गत आवमा बढेर रू. २ करोड ६७ लाख पुगेको छ ।
गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा रहेकोमा गत आवमा घटेर ६ रुपैयाँ ८८ पैसामा कायम भएको हो । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ५४ दशमलव ५४ गुणा, तरलता अनुपात ३६ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ६० छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड १६ लाख छ । कम्पनीले जगेडामा रू. ३१ करोड ७३ लाख र रिटेन्ड अर्निङमा रू. ५ करोड १७ लाख सञ्चिति गरेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।गत आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । जतिबेला नाफा नो
वैशाख ३०, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १३ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवमा रू. ९ करोड ५५ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नाफा घट्न पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २३ करोड ६ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १९ करोड ३४ लाखमा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड रहेको छ भने जगेडामा रू. ३१ करोड १७ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ७७ करोड १७ लाख जम्मा भएको हो ।
सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरेको हो ।यो बीमाशुल्क गत आवको तुलनमा १३ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब १ करोड कूल बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ६२, मूल्य आम्दानी अनुपात ६५ दशमलव ७० गुणा र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २८ रहेको छ ।
काठमाडौं : महाशिवरात्रिको तयारी सुरु भएसँगै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नेको भीड बढ्न थालेको छ। कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो। विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो। त्यसयता १० दिनको अवधिमा मात्रै एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यो अवधिको विशेष पूजाबाट १६ लाख ८८ हजार ७ सय रुपैयाँ कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानक
लुम्बिनी विकास बैंकले छ महिनामा ३५ करोड १७ बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा अघिल्लो वर्षको नाफामा ३४.३१ प्रतिशतले वृद्धि गर्दै कुल ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले जम्मा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । बैंकको त्रैमासिक रिपोर्ट अनुसार खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ७२ करोड ७४ लाख रुपैयाँ पुगेक
पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गर्नुभएको थियो । २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ […]
देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ। उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा १७ लाख ३५ हजार २१८ रुपैयाँ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो। आर्थिक वर्ष २०७१/७२ मा एक लाख ७९ हजार रुपैयाँ, २०७२/७३ मा तीन लाख ४९ हजार ९९० रुपैयाँ, आव…
भोजपुर नगरपालिकाले यस आर्थिक वर्षको तीन महिनामा १७ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । तीन महिनामा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित १७ लाख २१ हजार २८६ रुपैंया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।