काठमाडौं : महाशिवरात्रिको तयारी सुरु भएसँगै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नेको भीड बढ्न थालेको छ। कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो। विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो। त्यसयता १० दिनको अवधिमा मात्रै एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यो अवधिको विशेष पूजाबाट १६ लाख ८८ हजार ७ सय रुपैयाँ कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानक