मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवले मंगलबार एक दिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बालदिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले एक दिनका लागि आर्थिक र प्रशासनिक बाहेकको अधिकार हस्तान्तरण गरेर सुस्मितालाई काम गर्ने अवसर प्रदान गरेका थिए ।
सुस्मिताले पनि आफूले पाएको अधिकारको भरपुर प्रयोग गरिन् । सुस्मिताले कर्मचारीलाई निर्देशन गर्नेदेखि कार्यपालिकाको बैठक समेत राखिन् । अध्यक्षको अधिकार के हो भनी प्रमुख प्रशासकीय अधिकृत डम्बर वल्लभ बरालसँग समेत उनले सोधेकी थिइन् । निर्वाचित जनप्रतिनिधि ...