‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेप रकमको १० गुणासम्म प्रतिफल

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम प्रतिफल पाउनेछन् । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ। साथै पहिलो वर्षको लाग

सम्बन्धित सामग्री

कुमारी बैंकले ल्यायो जीवन बिमा सुविधासहितको मुद्दती खाता योजना

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती रकम २

‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेप रकमको १० गुणासम्म प्रतिफल

काठमाडौँ। सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ।

बिओकेले निक्षेपको चार गुणासम्म प्रतिफल दिने

लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ । अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन

सानिमा बैंकको डबल धमाका मुद्दती खाता योजना

सानिमा बैंकले नयाँ वर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर अर्थात् शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहक […]

सानिमा बैंकले ल्यायो साढे ६ बर्षमा रकम दोब्बर हुने मुद्दती खाता योजना

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने बैंकको भनाइ छ । प्रतिफलमा लाग्ने कर रकम भने ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ । व्यवहारिक क

सानिमा बैंकले ल्यायो ‘डबल धमाका मुद्दती खाता’ योजना

काठमाडौँ– सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भइ […]

एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक

काठमाडौँ । एनआईसी एसिया बैंकले निक्षेप योजनामा सर्वाधिक फाइदाले भरिपूर्ण ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ। बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरिएको हो।

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक लक्षित सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक गरेको छ । बैंकको २४ औं वार्षिकोत्सव अवसरमा सार्वजनिक गरिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजनामा ग्राहकलाई उच्च प्रतिफलका साथै ३ बीमासम्बन्धी सुरक्षाका फाइदा, ३ कर्जासम्बन्धी फाइदा तथा १८ अन्य फाइदा उपलब्ध गराइनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण अशक्त भए १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधोपचार बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । औषधोपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लिखित बीमा सुविधा बैंकले नेपाल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा खातावाललाई उपलब्ध गराइनेछ । हालसम्म बीमासहितको निक्षेप योजनाअन्तर्गत देशभरका ६१० जनाभन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड ८५ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जासम्बन्धी फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यस्तै, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, प्रोटोफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुटलगायत सुविधा रहेको बैंकले बताएको छ । ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्न गुडविल एम्बेसडर, प्राइड  र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनामध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा र होम बैंकिङ सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यसैगरी माथि उल्लिखितबाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् । हाल बैंकले ३५६ शाखा, ४७३ एटीएम, ७०  विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।