एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक
काठमाडौँ । एनआईसी एसिया बैंकले निक्षेप योजनामा सर्वाधिक फाइदाले भरिपूर्ण ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ। बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरिएको हो।
एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ अहिले धेरैको आकर्षणको केन्द्रमा छ । बैंकले बजारमा रहेका विभिन्न योजनाहरुको अध्ययनपश्चात् ल्याएको यो योजनाले बजारमा उपलब्ध अरु योजनाभन्दा बढी प्रतिफल दिने ग्यारेन्टी गरेको बैंकले जनाएको छ । बजारमा बचतकर्ताको पैसालाई गुणात्मक वृद्धि गर्ने भनेर ल्याइएका धेरै सुविधाहरू छन् । बचत खाता, साधारण मुद्दती खाता, […]
काठमाडौं, साउन १७ । तपाईं कुनै स्थानीय तहका स्थायी बासिन्दा हुनुहुन्छ र आफ्नो पालिका लक्षित कुनै विशिष्टिकृत बैंकिङ्ग–वित्तीय सेवाको खोजीमा हुनुहुन्छ भने तपाईंको यो खोजी अब पूरा भएको छ । एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक स्थानीय तह लक्षित ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । “यो यस्तो बचत तथा मुद्दती खाता […]
काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक लक्षित सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक गरेको छ ।
बैंकको २४ औं वार्षिकोत्सव अवसरमा सार्वजनिक गरिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजनामा ग्राहकलाई उच्च प्रतिफलका साथै ३ बीमासम्बन्धी सुरक्षाका फाइदा, ३ कर्जासम्बन्धी फाइदा तथा १८ अन्य फाइदा उपलब्ध गराइनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण अशक्त भए १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधोपचार बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।
औषधोपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लिखित बीमा सुविधा बैंकले नेपाल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा खातावाललाई उपलब्ध गराइनेछ ।
हालसम्म बीमासहितको निक्षेप योजनाअन्तर्गत देशभरका ६१० जनाभन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड ८५ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जासम्बन्धी फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
यस्तै, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, प्रोटोफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुटलगायत सुविधा रहेको बैंकले बताएको छ ।
ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्न गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनामध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा र होम बैंकिङ सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
यसैगरी माथि उल्लिखितबाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् । हाल बैंकले ३५६ शाखा, ४७३ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
एनआईसी एसिया बैंकले ‘अग्रिम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ सञ्चालित एनआईसी एसियाले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रिम भुक्तानी आफ्नो एनआईसी एसिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने अफर ल्याएको छ ।
एनआईसी एसिया बैंकले फागुन ११ देखि सञ्चालनमा ल्याएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्दती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत चैत २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने बताएको छ ।