गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ: सुरेन्द्रराज पाण्डे

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले नेपाली कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका- ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,’कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।; पार्टीको […]

सुरेन्द्रराज पाण्डे

सुरेन्द्रराज पाण्डे :Congress leader, appointed chief minister of Gandaki province.

सुरेन्द्रराज पाण्डे बने गण्डकीका नयाँ मुख्यमन्त्री

काठमाडौं : गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश  प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाज

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्रराज पाण्डे विजयी

पोखरा : गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा उनले भोजराज अर्याललाई पराजित गरेका हुन्।उनले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत ल्याएका थिए। एक भोट बदर भएको छ।

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

१३ पुस, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् । पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने […]

गोरखा–२ (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा - गोरखा–२ (२) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ। पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल हुनुभएको हो ।

गोरखा २ को (१) कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५  मतान्तरले पराजित गरेका हुन् ।पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्दा एमालेका गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।