गोरखा–२ (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा - गोरखा–२ (२) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ। पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल हुनुभएको हो ।  

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बन्दै

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आग मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् ।

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बन्दै

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आग मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् ।

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ: सुरेन्द्रराज पाण्डे

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले नेपाली कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका- ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,’कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।; पार्टीको […]

प्रदेशकै मजाक : केन्द्रकै दैलो चहार्ने, बर्सेनि सरकार फेर्ने

१५ वैशाख, पोखरा । गण्डकीमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको अनुहार उज्यालो थिएन । प्रदेश सभाको तेस्रो दल भएर पनि अंक गणितमा निर्णायक माओवादीबाट मुख्यमन्त्री हुने अवसर चुमानबाट फुत्किसकेको छ । संसदको ठूलो दल कांग्रेस एक्लैले सरकार बनाउने स्थिति नहुँदा र केन्द्रमा […]

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन

नेतृत्वमा आलोपालोको लिखित समझदारी नै गर्छौं : माओवादी नेता चुमान

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सरकारमा नेतृत्व आलोपालो गर्ने लिखित समझदारी नै गर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि चुमानले पत्रकारहरुसँग पहिलो पालोमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिएको बताए । ‘आलोपालोमध्ये पहिला कसले लिने भन्नेमा आआफ्नो दाबी […]

गण्डकी प्रदेशः कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्। संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापनइतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये एक मत बदर भएको छ। पाण्डे गोरखा २ ‘ख’ र अर्याल […]

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजबीच प्रतिस्पर्धा

१३ पुस, कास्की । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे र स्याङजाका भोजराज अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्याललेको मनोनयन दर्ता गरेका हुन्। पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।