काठमाडौं : तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी सरकारले दिएको छ।चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिएको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो।मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज (बुधबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा श