काठमाण्डाै – आजबाट काठमाण्डौमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाण्डौको ज्ञानेश्वरमा रहेकाे जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ ।
जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले ब...