देखापढी विजिनेश न्यूज

माथिल्लो अरूण जलविद्युत आयोजनाले ४९ प्रतिशत आईपीओ जारी गर्ने तयारी गरेको छ। नेपाल टेलिकमले ई–सिम वितरण गर्न थाल्यो। बीमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भयो। घरेलु कामदारका रुपमा युरोप जानेले ३० दिनको तालिम अनिवार्य लिनुपर्नेछ। रेमिट्यान्स गरेर पठाएको पैसा मुद्दती खातामा जम्मा गर्दा प्रभु बैंकले १५.१३ प्रतिशत ब्याज दिन्छ। बससेवा डटकम र बससेवा एपमार्फत बसको टिकट अग्रिम बुकिङ गर्न सकिन्छ।