लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण यहि आइतबार अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ । प्रतियोगिताबाट चयन हुने मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्नेछन् । इच्छुक विवाहित महिलाले जुनै देशमा रहेको भए पनि भाग लिन पाउने सो प्रतियोगितामा यसपटक चौध जना विवाहित सुन्दरीले सहभागीता जनाए