एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मा