२५ माघ, जनकपुरधाम । बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाअगाडि एक महिलाले प्रदर्शन गरेकी छन् । महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् । सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् […]