निर्वाचन आयोगले धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुली कुमारी महतोलाई स्पष्टीकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । आयोगले एमालेबाट प्युठानमा प्रतिनिधिसभा उम्मेदवार बनेका सूर्य थापालाई स