लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले हराएको छ। लखनउस्थित अटलबिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले घरेलु टोलीमाथि १८ रनको जित निकालको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ १०८ रनमा…

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली प...

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । यसअघिका ८ खेलमा ७ खेल जितेको गुजरात १४ अङ्ककासाथ शीर्षस्थानमा छ । ९ खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । राजस्थान ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका ८ खेलमा पराजित मुम्बई अङ्कतालिकाको पुछार...

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिउँसो पौने चार बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । मुम्बई इन्डियन्सले अहिलेसम्म खेलेका पाँच खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन मुम्बई पुछारमा छ । लखनउले ५ खेलमा ६ अङ्क जोडेको छ । लखनउ पाँचौँ स्थानमा छ । त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने ८ बजे खेल्दैछन् । दिल्लीको ४ खेलमा ४ अङ्क छ । दिल्ली आठौँ स्थानमा छ । पाँच खेलमा ६ अङ्क जोडेको बेङ्ग्लोर छैटौँ स्थानम...

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् । १३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।

आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।चेन्नई ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आज बेङ्ग्लोरलाई हराए चेन्नई अङ्क […]

आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।

आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् । आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थान...