आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । यसअघिका ८ खेलमा ७ खेल जितेको गुजरात १४ अङ्ककासाथ शीर्षस्थानमा छ । ९ खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । राजस्थान ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका ८ खेलमा पराजित मुम्बई अङ्कतालिकाको पुछार...

सम्बन्धित सामग्री

दिल्लीको हारले बैंगलोर प्लेअफमा

काठमाडौं । दिल्ली क्यापिटल्स शनिबार राति मुम्बई इन्डियन्ससँग पराजित भएपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा स्थान पक्का गरेको छ ।  यससँगै आईपीएलमा प्लेअफ समीकरण पूरा भएको छ । १४ खेलबाट २० अंक जोडेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहँदा समान १८ अंक जोडेको राजस्थान रोयल्स दोस्रो र लखनउ...

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पौने ४ बजे सुरु हुनेछ । आज मुम्बई पहिलो जितको खोजीमा हुनेछ भने राजस्थान लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस्तै, अर्को खेलमा गुजरात […]