गण्डकी प्रदेशको बजेटमा अन्ततः निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समेटिएको छ । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले यो कार्यक्रम ल्याउँदा जनस्तरबाट विरोध भएको थियो भने, हालका अर्थमन्त्री रामजी प्रसाद बरालले यो कार्यक्रम हटाउँदा भने सांसदहरुले चर्को विरोध गरेका थिए । यो कार्यक्रम हटेपछि सांसदहरुको विरोधका कारण २० दिनदेखि संसद बैठक बस्न सकेको थिएन । अर्थ विविध कोषमा राखिएको रकमलाई शीर्षक फेरेर भए पनि बजेट दिने सहमति भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जनाएक