बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनमा नरहने घोषणा गरे ।उक्त कार्यक्रम चालू आर्थिक वर्षमा भने सञ्चालनमा छ । पूर्ववत् सरकारले सञ्चालन गरेको उक्त योजना आगामी वर्ष भने सञ्चालनमा नरहने भएको हो ।