कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो। मतगणना क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले राजपा नेताहरूसँग गुनासो नै गर्न भ्याए। प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग…