विकास निर्माणमा सहयोग गर्दा मेयर–उपमेयर अभिनन्दित

काभ्रे । टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेको भन्दै नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गरिएको छ । यामिडोल टोल सुधार समितिले बुधबार उहाँहरूलाई सम्मान गरेको हो । ‘बनेपा नगरपालिका–९ स्थित माथिल्लो नयाँ बस्तीमा आधारभूत आवश्यकताका ९९ प्रतिशत विकास सम्पन्न गर्न सहयोग गरेकाले […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा शौचालय निर्माणमा सहयोग

चितवन  । नवलपरासीको गैंडाकोट नगरपालिका–३ भुजेल गाउँमा निर्मित ३२ ओटा सार्वजनिक शौचालय समुदायलाई हस्तान्तरण गरिएको छ । महालक्ष्मी विकास बैंक भरतपुर, हाकिमचोक शाखाको आर्थिक सहयोगमा रोटरी क्लब अफ गैंडाकोटले निर्माण गरेको शौचालय समुदायलाई हस्तान्तरण गरिएको हो । शौचालय हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर जितेन्द्रबहादुर राजभण्डारी, बैंकका सञ्चालक समितिका सदस्य तथा पास्ट डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी, बैंकका शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरी, रोटरी क्लब अफ गैंडाकोटका प्रेसिडेन्ट यदुलाल घिमिरे, पास्ट प्रेसिडेन्ट करुण सागर सुवेदी लगायतले मन्तव्य दिएका थिए । क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।

विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुकोः डा.विश्वनाथ पौडेल

उनले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए। उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए।...

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

ललितपुर, २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् । ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने […]

मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। यसै अवसरमा बैंकले आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न काभ्रेस्थित काठमाडौँ विश्वविद्यालय हाईस्कूललाई सहयोग गरेको छ। काठमाडौँ विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु आईयू क्युबस्याटस् स्याटेलाइट निर्माणमा जुटेका छन्। सो स्याटेलाइट निर्माण पूरा गरी […]

मुक्तिनाथ विकास बैंकद्वारा बालबालिका पार्क निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण

विकास निर्माणमा योजना किन चाहिन्छ ?

विकास योजना भनेको उपलब्ध स्रोतसाधन परिचालन गरी निश्चित अवधिभित्र तोकिएका लक्ष्य प्राप्त गर्ने दस्तावेज हो । योजनाको विषयवस्तु र प्रवृत्तिका आधारमा तीन प्रकारका योजनाहरू तर्जुमा गर्नुपर्ने हुन्छ । १. राष्ट्रिय आवधिक योजना  नेपालको संविधान र कानूनमा व्यवस्था भएबमोजिम नेपाल सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेको विषय र क्षेत्रलाई समेट्ने गरी समग्र देशको आर्थिक सामाजिक विकासका लागि आवधिक योजना तर्जुमा गर्नुपर्छ । खासगरी राष्ट्रियस्तरका आर्थिक सामाजिक नीति, ठूला आयोजना, अन्तर प्रदेशलाई जोड्ने आयोजना इत्यादि विषय समेटेर नेपाल सरकारले राष्ट्रिय आवधिक विकास योजना तर्जुमा गर्छ । यस योजनाको आधारमा प्रदेश सरकार र स्थानीय तहले आआफ्नो आवधिक विकास योजना गर्नुपर्छ । २. प्रादेशिक आवधिक विकास योजना  नेपालको संविधान र कानूनमा व्यवस्था भएबमोजिम प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेको विषय र क्षेत्रलाई समेट्ने गरी आआफ्ना प्रदेशको आर्थिक सामाजिक विकासका लागि आवधिक विकास योजना तर्जुमा गर्नुपर्छ । खासगरी प्रदेशस्तरका आर्थिक सामाजिक नीति, प्रदेशस्तरका आयोजना, आफ्नो प्रदेशभित्रका दुई वा उक्तभन्दा बढी स्थानीय तहलाई समेट्ने विकास आयोजना इत्यादि विषय समेटेर प्रदेश सरकारले प्रादेशिक आवधिक विकास योजना तर्जुमा गर्छ । यस्तो योजना तर्जुमा गर्दा नेपाल सरकारको राष्ट्रिय योजनासँग तादाम्यता कायम गर्नुपर्छ । ३. स्थानीय तहको आवधिक विकास योजना  नेपालको संविधान र कानूनमा व्यवस्था भएबमोजिम स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेको विषय र क्षेत्रलाई समेट्ने गरी स्थानीय तहको आर्थिक सामाजिक विकासको लागि आवधिक विकास योजना तर्जुमा गर्नुपर्छ । खासगरी स्थानीय तहका आर्थिक सामाजिक नीति, स्थानीय स्तरका अयोजनालगायत विषय समेटेर स्थानीय सरकारले स्थानीय तहको आवधिक विकास योजना तर्जुमा गर्छ । यस्तो योजना तर्जुमा गर्दा नेपाल सरकारको राष्ट्रिय योजना र आआफ्नो प्रदेश सरकारको आवधिक योजनासँग तादात्म्यता कायम गर्नुपर्छ । यहाँ मुख्यतः यस लेखमा स्थानीय तहको विकास योजनाबारे विश्लेषण गर्ने प्रयास गरिएको छ । समयावधिको हिसाबले विकास योजना तीन प्रकारका हुन्छन् : क. दीर्घकालीन योजना स्थानीय तहको दीर्घकालीन उद्देश्य प्राप्त गर्न दीर्घकालीन सोचसहितको योजना तय गरिन्छ । यो योजनाको अवधि सामान्यतया १५ देखि २५ वर्षसम्मको हुन्छ । अर्थात् यो योजनामा आगामी १५ वा २५ वर्षको अवधिमा योजनाको कार्यान्वयन पछि विकासको अवस्था कस्तो हुने, जनताको आयस्तर, जीवनस्तर र उनीहरूले प्राप्त गर्ने सेवासुविधाकोअवस्था के हुने, तिनीहरूको आकलन गरिन्छ । त्यसअनुसार लक्ष्य निर्धारण गरी त्यसको लागि आवश्यक स्रोतसाधनको व्यवस्थासहित यो योजना तर्जुमा गरिन्छ । ख. मध्यमकालीन योजना मध्यमकालीन योजना सामान्यतया ३ देखि ७ वर्षको अवधिको लक्ष्य प्राप्त गर्ने गरी तर्जुमा गरिन्छ । यो योजना दीर्घकालीन योजनाको अवधारण र लक्ष्यअनुरूप तर्जुमा गनुपर्ने हुन्छ ता कि दीर्घकालीन योजनाको लक्ष्य एवम् उद्देश्य प्राप्त गर्न सकियोस् । तसर्थ मध्यम अवधिमा उपलब्ध हुनसक्ने स्रोतसाधनको अनुमान गरी आर्थिक सामाजिक लक्ष्य एवम् उद्देश्य प्राप्त गर्न मध्यमकालीन विकास योजना तयार गर्ने गरिन्छ । ग. वार्षिक योजना  वार्षिक योजना १ वर्षका लागि तर्जुमा गरी कार्यान्वयन गरिन्छ । यो योजना मध्यमकालीन योजनामा उल्लिखित उद्देश्य एवम् लक्ष्यहरू प्राप्त गर्न तर्जुमा गरिन्छ । खासगरी १ वर्षको अवधिमा उपलब्ध हुनसक्ने स्रोतसाधनको अनुमान गरी यस्तो योजना तर्जुमा गर्ने प्रचलन छ । यो योजना तर्जुमा गर्दा मध्यमकालीन खर्च संरचनासँग पनि तादात्म्यता राखी तर्जुमा गर्ने गरिन्छ । वास्तवमा वार्षिक योजना पनि महत्त्वपूर्ण हुन्छ किनकि दीर्घकालीन र मध्यमकालीन योजनाको लक्ष्य उद्देश्य प्राप्त गर्ने कार्यमा वार्षिक योजनाले नै प्रमुख भूमिका खेल्छ । तसर्थ वार्षिक योजनामा समावेश गरिएका नीति एवम् आयोजनाको कार्यान्वयन महत्त्वपूर्ण हुने भएकाले आफ्नो कार्यान्वयन क्षमता र स्रोतसाधनको यथार्थपरक आकलन गर्नुका साथै प्राथामिकता निर्धारण गरी योजना तर्जुमा गर्नुपर्छ । वार्षिक विकास कार्यक्रम र बजेटलाई वार्षिक विकास योजनाका रूपमा लिन सकिन्छ । स्थानीय तहको दीर्घकालीन सोचअनुरूप आवधिक योजना त्यसअनुसार मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने र मध्यमकालीन खर्च संरचनाअनुसार वार्षिक विकास कार्यक्रम तर्जुमा गर्नु आवश्यक हुन्छ । वार्षिक विकास कार्यक्रमले बजेट कार्यान्वयनबाट प्रतिफल प्राप्त गर्न तथा मध्यमकालीन खर्च संरचना र आवधिक योजनाको नतिजा प्राप्त गर्न सहयोग पुग्छ । आवधिक योजना र मध्यमकालीन खर्च संरचनाले स्रोतको सुनिश्चितता प्रदान गर्छ । हाम्रो जस्तो स्रोतसाधन उचित प्रयोग गर्न नसकी सधैं अभाव रहेको र विकासको चाहना र आवश्यकता अत्यधिक रहेको देशमा सीमित स्रोतसाधनलाई अधिकतम प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । खासगरी जनतालाई पुर्‍याउनुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा, भौतिक पूर्वाधार, कृषि, रोजगारी, गरीबी निवारण र सन्तुलित समावेशी विकासजस्ता विषय सरकारको दायित्वभित्र पर्छन् । नेपालको संविधानले तीनखम्बे अर्थनीति अवलम्बन गर्ने कुरालाई जोड दिएको पाइन्छ । अर्थतन्त्रका तीन क्षेत्र सरकार, निजी, सहकारी क्षेत्रको संयुक्त प्रयासबाटमात्र देशको तीव्र विकास हुन्छ । विश्वव्यापी रूपमा आएको उदारीकरणको लहरअनुरूप नेपालले पनि आठौं योजनादेखि उदार अर्थतन्त्रको अवधारण शुरू गरेको पाइन्छ । उक्त योजनादेखि निजीक्षेत्र समेतको व्यापक सहयोग लिई विकास गर्न सरकारको भूमिका सीमित गरी सरकारले नियामक र उत्प्रेरक भूमिका खेल्ने गरी योजना तर्जुमा कार्य शुरू गरेको पाइन्छ । स्थानीय तहमा योजना तर्जुमा गर्दा स्थानीय जनताको विचार र आवश्यकता बुभ्mने गरी योजना बनाउन आवश्यक हुन्छ । सक्षम, सबल र नागरिकप्रति संवेदनशील तथा जवाफदेही स्थानीय सरकारबाट मात्र जनचाहना सम्बोधन हुन सक्छ । यसैले स्थानीय सरकारका रूपमा पालिकाहरूले स्थानीय धरातलीय परिवेश, विशिष्टता तथा नागरिकको वास्तविक आवश्यकता र चाहना प्रतिबिम्ब हुने गरी स्थानीय नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु अति आवश्यक छ । लेखक नेपालमा गुणस्तरीय जीवन सम्बन्धमा विद्यावारिधि हुन् ।

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

कर्णाली, १७ पुस: सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताएका छन् । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा सचिव डा अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई नीति निर्माण सहयोग पुग्ने बताए । “विकास पूर्वाधारमा […]

सही विवरण टिपाएर गणकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको अपिल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबारदेखि सुरु हुने जनगणनामा गणकलाई सही विवरण टिपाएर सहयोग गर्न अपिल गरेका छन् । मुलुकले सङ्घीय शासन प्रणाली अङ्गालेपछि पहिलो पटक भइरहेको यो जनगणनाले प्रदेशस्तरीय विकास एवं नीति निर्माणमा विशेष महत्त्व राख्ने भन्दै उनले अभियान सफल पार्न सर्वसाधारणलाई अपिल गरेका हुन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ को पूर्व सन्ध्यामा […]

सही विवरण टिपाएर गणकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको अपिल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबारदेखि सुरु हुने जनगणनामा गणकलाई सही विवरण टिपाएर सहयोग गर्न अपिल गरेका छन् । मुलुकले सङ्घीय शासन प्रणाली अङ्गालेपछि पहिलोपटक भइरहेको यो जनगणनाले प्रदेशस्तरीय विकास एवं नीति निर्माणमा विशेष महत्व राख्ने भन्दै उनले अभियान सफल पार्न सर्वसाधारणलाई अपिल गरेका हुन्। बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ को पूर्वसन्ध्यामा आज अपिल जारी […]

विकास निर्माणमा स्थानीयको सहयोग अपरिहार्य : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेस पोखरा–२१ ले आयोजना गरेको  दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसहभागिता विना कुनै पनि विकास निर्माणका कार्यले गति लिन नसक्ने बताए । उनले भने, ‘वडाको विकासमा स्थानीयको भूमिका उल्लेखनीय हुन्छ । त्यसैले स्थानीय जनसहभागिता विना कुनै पनि