ताप्लेजुङमा वर्षको सुरुआतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन्। जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजारबराबरको क्षति भयो। कात्तिकमा २ घर जले। ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो। ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ। पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिना दिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरक