मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबरजस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन ।
कोभिड–१९ संक्रमणका कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ ।
नेपाल प्रहरीका अनुसार विभिन्न ११ जघन्य तथा गम्भीर प्रकृतिका घटनामध्ये अधिकांश घटनाका मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।
नेपालमा दैनिक ११० गम्भीर प्रकारका घटना हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी १७ दशमलव ४४ प्रतिशत आत्महत्याका घटना रहेका छन् । गत ...