कांग्रेसबारे ओलीको टिप्पणी : राजनीतिमा फउल खेले रेड कार्ड दिएर आउट गरिन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेले रेड कार्ड पाइने टिप्पणी गरेका छन्। आइतबार मदन भण्डारी स्पोर्ट एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फउल खेल्ने खेलाडी रेड कार्ड पाएर आउट हुने बताए। मेसी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै उनले राजनीतिमा पनि फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन

सम्बन्धित सामग्री

स्वतन्त्रहरूबारे ओलीको टिप्पणी- राम्रो गर्छु भनेर आउनेलाई रोक्नु हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नु र राजनीतिमा स्वतन्त्र युवाहरूको लहर आउनुलाई स्वाभाविकरूपमा लिनुपर्ने बताएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थापित राजनीतिक दलहरू युवाको भावनासम्म पुग्न नसकेकाले क्षति भर्नका लागि नयाँ मानिस आउने बताए । ओलीले भने, ‘युवाहरूमा फ्रस्टेसन छ भनिथ्यो […]

माधव नेपालबारे ओलीको टिप्पणी : सर्पको बच्चालाई दूध खुवाएको रहेछु

२३ वैशाख, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहट पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गरका छन् । शुक्रबार रौतहटमा आयोजित एमालेको चुनावी सभामा ओलीले ५० वर्षअघि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा आफूले माधव नेपाललाई भेटेको र सम्झाई बुझाई राजनीतिमा पूर्णकालीन बनाएको दाबी गरे । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षड्यन्त्र […]