काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड माधव समूहलाई चुनौती दिनुभएको छ । सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरी विधि र प्रक्रियाअनुसार आफूलाई हटाउन चुनौती दिनुभएको हो ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड माधव समूहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौती दिन...