ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए […] The post ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

देउवालाई ओलीको प्रश्न : ५ पटक प्रधानमन्त्री भएर के गर्नुभयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए । ‘मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो होइन । देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशक

केपी ओलीको प्रश्न : निर्वाचन आयोग किन त्रुटि सच्याउँदैन ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताएका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए । ‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’अध्यक्ष ओलीले भने,‘आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले स

निर्वाचन आयोगलाई ओलीको प्रश्न सूर्य पनि हरियो हुन्छ ?

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थनीय तह निर्वाचनमा मतपत्रको रंग हरियो बनाउने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै यो गतिविधि एमालेबिरुद्ध भएको आरोप लगाउनुभएको छ । सोमबार एमोको प्रथम पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाउँदै मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा …

ओलीको प्रश्न : मनाेनयनकाे समय दुई दिन किन चाहियो, गठबन्धनमा खटपट मिलाउन ?

इलाम ६ चैत : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको लागि छुट्टाएको समयप्रति आपत्ति जनाएका छन् । इलामको सूर्योदयमा आयोजित जनसभालाई सम्बोधन गर्दै ‘गठबन्धनको खटपट मिलाउन दुई दिनको समय छुट्टाएको हो ? भनेर निर्वाचन आयोगलाई प्रश्न गरेका छन् । ‘सधैँ मनोनयनको लागि एक दिन दिने गर्थ्यो, यसपल्ट वैशाख ११ र १२ […]

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ?

काठमाडौं, २४ फागुन: एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए । ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार […]

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए । ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार […] The post निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेका २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई स्पष्टीकरण सोधेका छन् । संसदीय दलको विधान विपरित पार्टी र सरकारविरुद्ध क्रियाकलाप गरेको भन्दै ओलीले माधवकुमार नेपाल समूहमा रहेका २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरी […]

प्रधानमन्त्री ओलीको प्रश्न : अरुले जनता रुवाए, मैले हसाउँदा किन पिर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले रुवाएका जनतालाई आफूले हँसाएको दाबी गर्नुभएको छ । ओली नेतृत्वको नेकपा प्रदेश नं १ का कार्यकर्ताको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ। दिइने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभयो । ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।