लोक सेवा आयोगद्वारा स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १ हजार ६ सय १३ कर्मचारीको सरुवा भएको छ ।
विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका ती कर्मचारीलाई अन्तिम पटकका लागि भन्दै सरुवा गरिएको हो । यसरी निवेदन दिएकामध्ये ५७ जनाको भने सरुवा अस्वीकृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
२०७६ सालमा लोक सेवा आयोगबाट स्थानीय तहका लागि ९ हजार ४ सय जना कर्मचारीको नयाँ भर्ना गर...