काठमाडौं, ८ साउन । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्न आग्रह गरेकी छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डा. संग्रौलाले सरकारसमक्ष यस्तो माग गरेकी हुन् । उनले सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुकै सूचना आउनु र सेवा स्थगित गर्नु दुःखद भएको बताईन् […]