नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो । प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान संघले अनुरोध गरेको छ । विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या म